Office Photo
जिल्लाको परिचय
ddc Kapilvastuकपिलवस्तु अर्थात पूर्वीय शांख्यदर्शनका प्रणेता कपिल महर्षिको तपोभूमी शाक्यवंशीय राजा शुद्धोधनको राजधानी, एशियाका तारा तथा विश्व शान्ति र मानवताका अग्रनायक एवं भगवान गौतम बुद्धको क्रिडास्थल । प्राचीन सभ्यताको धरोहर, अवधी एवं थारु संस्कृति र परंपराको जननी । धार्मिक, सास्कृतिक, पुरातात्विक, ऐतिहासिक एवं पर्यटकिय क्षेत्र ।
यो क्षेत्र समुन्द्र सतहवाट ९३ देखि १४ सय ९१ मीटरको उचाईमा अवस्थित छ । प्राकृतिक संम्पदाले सिंगारिएको यस ठाउँमा आउने पर्यटकका लागी समथर मैदानदेखि चुरे पहाडका उच्च टाकुरा, जैविक विविधताले भरिपूर्ण विश्व सीमसार क्षेत्रदेखि लिएर विश्व सांस्कृतिक संपदामा सूचिकृत हुन तयार सांस्कृतिक एवं पूरातात्विक अन्वेषण र ऐतिहासिक स्मारकको अवलोकन गर्न पाउने ठाउँहरु छन् ।
खोजकर्ता, शोधकर्ता तथा मनोरंजनका लागि आएका यायावरहरुको, तीर्थाटनका लागि आएका श्रद्धालु भक्तजनको स्वागतार्थ अगालो भरिको माया दिन आतुर छ ।
कपिलवस्तु जिल्ला सिङ्गै पूरातात्विक संग्रहालय हो । यहाँ वाणगंगा देखि पूर्व, कोठी देखि पश्चिम, भारतीय सीमा देखि उत्तर महेन्द्र राजमार्गदेखि दक्षिण यति चौकिल्ला भित्र मात्रै १ सय ३८ वटा बुद्धसंग सम्वन्धित ऐतिहासिक स्थलको पहिचान भैसकेको छ । यो जिल्लाको वन–जंगलले प्राकृतिक उद्यानका रुपमा काम गरेको छ । वाणगंगा, कोइली, अर्रा, सुसई, चिरई, आदि नदीले नागबेली आकारमा यहाँको भूभागलाई सिंचन गर्ने काम गरेका छन् । …+ More
डाउनलोड
Posted DateDocument InformationDownload
 2013-03-31 00:12:55 18th Councils Decision Download
 2013-02-07 06:49:13 Ilaka Demand Plan for 2070_071 Download
 2013-02-01 00:57:16 Gaisasa Suchana Plan 2069 Format Download
 2013-01-09 22:00:33 Annual Plan Schedule for F/Y 2070/071 Download
 2013-01-08 07:40:34 DDC Aya Bya and MC Result Download